पिताको स्मृतिमा उपाध्यक्ष बिना राईले थुलुङ (राई) सामामा ५० हजारको अक्षयकोष स्थापना गर्ने



सोलुखुम्बु।थुलुङ(राई) सामा नेचासल्यान गाउँपालिका वडा नं. ४ ले उभाैली पर्व विशेष कार्यक्रम आयोजना गर्‍यो।

उभौली पर्बको अवसरमा शुक्रबार सम्पन्न कार्यक्रममा सामाका संस्थापक अध्यक्ष स्वर्गीय राजन थुलुङ राईकाे स्मृतिमा छाेरी बिना राईले ५० हजार रुपैयाँको ‘स्वर्गीय राजन थुलुङ राई स्मृति अक्षयकाेष’ स्थापना गर्ने घोषणा गरेकी छन्।हाल नेचासल्यान गाउँपालिका उपाध्यक्ष रहेकी उनले आमा शारदा राई संरक्षक रहने गरी सो अक्षयकोष स्थापना गरेकी हुन्।यसकाे व्याजबाट प्राप्त हुने रकमबाट यस क्षेत्रका थुलुङ समुदायबाट प्रत्येक वर्ष SEE मा उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रा गरि २ जनालाई पुरस्कृत गरिने र यसकाे कार्यविधि यसपछाडि बस्ने बैठकले तय गरिने कार्यक्रममा जानकारी गराईएको थियो।

सामाका अध्यक्ष तेजबहादुर थुलुङ राई (शुभ) काे सभापतित्वमा सम्पन्न भएको हो। नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन बाहिङ राईकाे प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बिना राईकाे विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा किराँतीहरुकाे आफ्नै माैलिक संस्कार ताेसी सिलीसमेत प्रदर्शन गरिएकाे थियो।

कार्यक्रममा सामालाई आर्थिक,भाैतिक तथा नैतिक रुपले अतुलनीय सहयोग पुर्‍याएको भन्दै नेचासल्यान गाउँपालिकाका वडा नं. ४ का पूर्व अध्यक्ष कृष्णकुमार थुलुङ राईलाई दाेसल्ला तथा कदर पत्रद्वारा सम्मान गरिएको समाजसेवी देवकी थुलुङ राईले जानकारी दिए । सामाकाे आफ्नै प्रयाेजनका लागि नेचासल्यान गाउँपालिका वडा नं. ४ क्राम्चिले निवासी नन्दकुमार थुलुङ राईले १ थान थुन्से उपहार स्वरुप प्रदान गरेका थिए।

सामाकाे आफ्नै कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रम को सञ्चालन सामाका सचिव युजन थुलुङ राईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्