पूर्ब उपप्रधानमन्त्री रायमाझी भैरहवाबाट पक्राउ,छोरा सन्दीपसंगै काठमाडौं ल्याईंदै



काठमाडौं।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनी माथि पक्राउ पुर्जि जारी गरिएको थियो । छोरा सन्दिपलाई भने प्रहरीले हिंजै बुटवलबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्