विद्यालय हाताभित्र कुनै राजनीतिक गतिविधि भए कामनकाले प्रधानाध्यापकलाई कारबाही गर्ने



काठमाडौँ।काठमाडौँ महानगरपालिकाले कुनै पनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गर्दै अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरपालिकाले मातहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्