जसरी पनि सांसद हुने उपेन्द्रको सपना पूरा, बारा-२ बाट निर्बाचित



काठमाडौं।जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको जसरी पनि सांसद हुने सपना पूरा भएको छ । मंसिर ४ गते सम्पन्न आम निर्बाचनमा पराजित यादवले उपनिर्बाचनमा बारा क्षेत्र नं-२ बाट सांसद हुने सपना पुरा गर्न सफल भएका हुन।उनलाई सांसद बनाउन आइतबार भएको प्रतिनिधि सभा उपनिर्बाचनमा सत्ता गठबन्धनको साथ लिएर यादव निर्वाचित भएका हुन्।

६९ हजार १०७ मत खसेकोमा यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन्।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्