धवलागिरीमा गएको हिमपहिरोमा सोलुखुम्बुका एक युवक बेपत्ता, अन्य दुईको सकुशल उद्दार



प्रदिप खालिङ,सोलुखुम्बु ।म्याग्दीस्थित धवलागिरी हिमालमा सोलुखुम्बुका एक युवक बेपत्ता भएका छन् । साथै २ जनाको सकुशल उद्धार गरिएको छ ।

८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धवलागिरी आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।

हेलिकोप्टरमार्फत धवलागिरी आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ फुलेलि गाउँका जसबहादुर राइको छोरा २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।

अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्‍याएको शेरचनले बताए ।
उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । उनीहरू जापानिज आधार शिविर नजिकै हिउँपहिराको दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्