खुम्बुको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा खच्चडमार्फत सामान ढुवानी गर्न नपाईने
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकाको स्याङ्बोचे भन्दा माथिल्लो क्षेत्रमा खच्चडबाट सामान ढुवानी गर्न रोक लगाईएको छ ।

गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाको अध्यक्षतामा चैत्रको तेस्रो साता बसेको समन्वय बैठकले आफूखुसी पाङ्बोचेसम्म खच्चड लैजाने कार्यलाई तत्काल रोक लगाउनुपर्ने निर्णय गरे अनुसार बैशाख १० गतेदेखि स्याङ्बोचे,त्याङ्बोचे,देबुचे,फोर्चे तथा पाङ्बोचे क्षेत्रमा सो प्रतिबन्ध लगाईएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।
पर्यटकीय पदमार्गमा खच्चडका कारण बाट फोहोर हुंदा पर्यटकलाई असुबिधा पुग्ने,बन्यजन्तु चोरी सिकारी हुने तथा उनीहरूको बासस्थान खल्बलिने भएका कारण खच्चडबाट सामान ढुवानीमा रोक लगाउनुपरेको उल्लेख गर्दै नाम्चे ब्यारेकलाई त्याङबोचे, दिङेबुचे, फोर्चे तथा पाङबोचे क्षेत्रमा खच्चड लैजान रोक लगाउन निर्देशन दिईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । सांकेतिक तस्वीर

