बिप्लवले औंल्याए विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो १५ वर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले सो आरोप लगाएका हुन्।

विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरी मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिकलगायत विभिन्न क्षेत्रमा देखिएको बताउंदै मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा रहेको टिप्पणी गरे।

अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउँदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनको भनाइ थियो।

मुलुकको राजनीति स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताउदैं उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेकोप्रति सिंगो समाज प्रष्ट छ,उनले भने ।file foto

प्रतिक्रिया दिनुहोस्