शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि सक्दो पहल गर्ने मन्त्री रिजालको प्रतिवद्धता
पर्सा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि आफुले सरकारको तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा सोमबार पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ विजवनियाँंमा नवनिर्मित वडा कार्यालय भवन, बर्थिङ सेन्टर तथा जन स्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गर्दै मन्त्री रिजालले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
गाउँपालिकाद्वारा निर्मित तीनै याेजनाकाे उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले भने वडा कार्यालय संचालनले सहज हुनुकाे साथै बर्थिङ सेन्टर र प्रयाेगशालाबाट स्थानीयले सहजै सेवा पाउने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सहसचिव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचिव बालिस्टर अहमद, मन्त्री रिजालका स्वकीय सचिव राकेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द राय, वडाध्यक्ष सुभाष यादव लगायतको उपस्थिति रहेको थियो ।

