रास्वपा सभापति रबि लामिछानेलाई एकपछि अर्को आपत,गम्भीर अवस्थामा भेटिए सवारीचालक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाबाट चितवनको क्षेत्र नं-२ बाट उम्मेदवार बनेका सो पार्टीका सभापति रवि लामिछानेलाई एक पछि अर्को आपत आई लागेको छ।पार्टीबाट समानुपातिक सांसद बनेका ढाकाकुमार श्रेष्ठले दुई करोड डिल गरेको घटना सेलाउन नपाउंदै सभापति लामिछानेका सवारी चालक गम्भीर अवस्थामा भेटिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
उनी करिब ३ तला माथिको घरको छतबाट खसेको अवस्थामा फेला परेका हुन् । थापा चितवनको भरतपुरमा भाडामा लिएको घरमा राति सुतेका थिए ।
प्रहरीका अनुसार थापाको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई बिहानै उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस लगिएको छ ।

