ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएर बालकोटमा एकको मृत्यु, एक घाइते



भक्तपुर।भक्तपुरको बालकोटस्थित रागिनी हाईटमा नयाँ ढल बिस्तारको क्रममा एक्कासी माटोको ढिस्को खस्दा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ ।

कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेका बेला पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी प्रजित केसीले जानकारी दिए ।

भक्तपुर प्रहरी परिसरका एसपी केसीका अनुसार घटना आइतबार साँंझ चार बजे भएको थियो । घटनामा सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३०वर्षीय सियाराम सदा घाइते भएका छन् । साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगिएका उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए ।

घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी वस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्सबाट सोही अस्पताल पठाइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । उनी सुगर र प्रेशरको रोगी भएको पनि जनाइएको छ ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्