प्रतिनिधिसभा : बांँदरलाई चीन निकासी गर्न सरकारलाई सांसदको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बढ्दो बांँदर आतंक नियन्त्रण गर्न बाँदरलाई चीनतिर पठाउन सुझाव दिएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले पहाडी भेगमा जनतालाई सास्ती दिइरहेका बाँदरलाई चीनतिर निकासी गर्न सरकारलाई सुझाव दिएका हुन् । एकजना माननीयले भर्खरै बाँदरको व्यवस्थापन गर्न या किसानलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएको सुने ।
समाचारमा पनि देशमा बाँदर आतंक छ भन्ने सुनेको थिए । त्यसैले यसबाट छुटकारा पाउन तथा आर्थिक संकटमा परिरहेको समयमा केही बाँदर चीन लैजाने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

यस अघि सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको धयानाकर्षण गराएका थिए। बैठकमा सांसद भानुभक्त जोशी,सांसद मनिष झा,सांसद महेशकुमार बर्तौला, सांसद माधव सापकोटा, सांसद मञ्जु शर्मा अन्सारी,सांसद रघुजी पन्त,सांसद राजु थापा, सांसद राजनकुमार केसी , सांसद रामकृष्ण यादव,सांसद रुपा विक,सांसद रेखा यादव, सांसद लक्ष्मी तिवारीले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्