मिटरव्याज पीडितहरुसंग बार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं।सरकारले मिटरव्याज पीडितहरुसंग बार्ता गर्न समिति गठन गरेको छ।

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु आन्दोलित भएपछि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेको समिति गठन गरेको हो।
बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर सजाय गर्न कानुनमा सम्बोधन गर्ने निर्णय पनि गरेको छ ।

