तीनदिनमा १४० पर्यटकले गरे खुम्बु क्षेत्रको भ्रमण



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। पछिल्लो तीन दिन यता १४० जना पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।भ्रमण गर्नेमा विदेशी ११४, सार्क क्षेत्रका ५ र नेपाली २१ जना रहेको जनाइएको छ।

गत फागुन ९ गते विदेशी ४३ नेपाली ८ जना, १० गते विदेशी ३६ सार्क २ नेपाली ५ जना र ११ गते विदेशी ३५ सार्क ३ र नेपाली ७ जनाले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयलाई गएको ३ दिनमा पर्यटक प्रवेश शुल्क बापत ३ लाख ५० हजार राजस्व प्राप्त भएको निकुञ्जका प्रमुख सरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो।

नाम्चे बजार नजिक रहेको मिस्लुङ स्थित प्रहरी चेकपोस्टले दिएको जानकारी अनुसार निकुञ्ज क्षेत्र घुमेर हिजोमात्र २८ पुरुष र २१ महिला गरी ४९ जना पर्यटकहरु फर्किएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्