सरकारलाई विश्वासको मत दिने एकीकृत समाजबादीको निर्णय



काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ।

बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय बाम एकतासम्बन्धी कार्यदल पनि गठन गरेको छ।बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्‍नाथ खतिवडाले बताए।

कार्यदलले बामपन्थीहरूसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्