चार मुक्तक



  • नम्रता उप्रेती

    मुक्तक १
    सुनसान मनको नवीन मेरो रहर बताई देऊ
    विश्वास थुनिएको मायाको घर बताई देऊ
    सुटुक्क आई मुटु चोरेर जाने मान्छे कता छ,
    बुझेर आउ चरी मलाई उसको खबर बताई देऊ ।
    मुक्तक-२
    रुखो सम्झ या कमलो सम्झ बचन छ यस्तै मेरो
    धोका दिन नहुने मायाको कथन छ यस्तै मेरो
    बिर्सेर बस विगतका व्यथा सधैं भन्ने गर्दछु तर ,
    के गर्ने भनेको मान्दैन आखिर मन छ यस्तै मेरो ।
    मुक्तक-३
    दाउरा रहेछ जिन्दगी बलेर खरानी हुनु पर्ने
    आघात अनेकौँ खप्दै गलेर खरानी हुनु पर्ने
    सत्य बोल्छु भन्दै विश्वासघात गर्ने मान्छेले सधैँ ,
    दिन्छ पीडा असाध्य ज्यूदै जलेर खरानी हुनु पर्ने ।
    मुक्तक-४
    सम्बन्धमा खटपट भए जेठी मधु पिउन मिल्छ
    विश्वासको पर्दा पनि उध्रिएमा सिउन मिल्छ
    असम्भव लाई सम्भव पार्न सधैँ कम्मर कस्ने गर्नु ,
    आँटले नै जिन्दगीमा चयन सँग जिउन मिल्छ ।
    नयाँबजार १६
    काठमाण्डौं
प्रतिक्रिया दिनुहोस्