चार मुक्तक



  1. कलानिधि दाहाल
    मुक्तक १
    नेता विचार हुन् सच्चा विवेकमा हुने भए
    जनताका झरी झुप्रा दिल दर्द छुने भए
    तर उन्माद छर्दै छन् कुर्सी भाग लगाउँदै,
    सिकारीझैँ बनी ऐले जनता यी मुने भए ।
    मुक्तक २
    विश्व नै मनमा राख हिँड ठम्ठम ठम्ठम
    स्वाद उचाइका चाख पिन ठम्ठम ठम्ठम
    घाँसका तृणझैँ साना नअल्झ दुनियाँ कतै,
    टुक्रा फाल सबै दाख हिँड ठम्ठम ठम्ठम ।
    मुक्तक ३
    अँधेरो हुन्न संसार आफैँ उज्वलमा भए
    छैनन् सङ्कटका धार आफैँ उज्वलमा भए
    मनमा छ भने ध्वाँसो ब्वाँसो बन्दछ मानिस,
    विराट् विश्व छ सङ्घार आफैँ उज्वलमा भए ।
    मुक्तक ४
    एक्लो हिँड्ने न हौँ कैल्यै रवाफ स्वार्थमा परी
    अहङ्कार नहोस् बोल्ने जवाफ स्वार्थमा परी
    पाइला सबका साथ रहौँ जमीनमा सधैँ,
    इन्कारमा नहौँ तल्ला कवाफ स्वार्थमा परी ।
    रातोपुल
प्रतिक्रिया दिनुहोस्