थुलुङ दुधकोशीका सबै वडामा विद्युतको केन्द्रीय प्रशारण लाइन पुग्दै
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा विद्युत विस्तारको काम सुरु भएको छ । नेपाल विधुत प्राधिकरणले अहिले सबै वडामा विद्युत पुर्याउने गरि सर्वेको काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार अहिलेसम्म वडा नम्बर १,२,७ र ८ नम्बर वडामा सर्बे सकिएको छ । अब वडा ३,४,५ र ९ नम्बर वडामा सर्वे हुने वताएको छ ।
जिल्लामा ग्रामीण बिधुतिकरणको जिम्मा पाएको वाइबा कन्ट्रक्सनले काम गर्ने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । अब गाउँपालिकाको हरेक घरधुरीमा विधुतको केन्द्रीय प्रशारण लाइन पुर्याउने योजना साकार हुने चरणमा रहेको उहाँको भनाइ छ ।
यस अघि वडा नम्बर १,६ र ७ को केही घरधुरीमा विद्युत विस्तार भैसकेको छ भने अन्य क्षेत्रमा स्थानीय उत्पादनको माइक्रोहाइड्रो प्रयोग गरिएको छ ।

