सरकार गठनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान, पुष १० गतेसम्मको समयसीमा
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार गठनका लागि पुष १० गतेसम्मको समय दलहरुलाई दिएकी छिन् । संसदमा कुनै एक दलको स्पष्ट बहुमत नदिएको संविधानको धारा ७८ को उपधारा २ बमोजिम त्यस्तै आव्हान गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाएइको छ ।

विज्ञप्तिमा पुष १० गते साँझ पाँच बजेसम्मको समयसिमा तोकेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन आफूमा रहेको दावी पेश गर्न राष्ट्रपतिले दलहरुका सरकारका गठनका लागि ढोका खोलिदिएको हो ।

