जनता समाजवादी पार्टीले बोलायो राजनीतिक समितिको बैठक
काठमाडौं।जनता समाजवादी पार्टी (जसपा नेपाल) को राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बस्ने भएको छ । आम चुनावको समीक्षा, विधान अधिवेशन र संगठन एवं आगामी कार्यदिशाबारे छलफल गर्न बैठक बोलाइएको जसपाको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजदेखि सुरु हुने छ ।

