निर्बाचन आयोगले राष्ट्रपति समक्ष गर्‍यो निर्बाचन प्रतिबेदन पेश



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।

निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था भएकाले सोही अनुरुप बुझाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको सबै परिणाम परिणाम घोषणा गरेको थियो । निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी एमालेले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्