प्रदेश एकको समानुपातिक सूची सच्याउन राप्रपामा तीब्र दबाब



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश एकको समानुपातिक सूचीमा समेटिएका प्रेमराज थाम्सुहाङ विवादमा तानिएका छन।

मंसिर -४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप खेपिरहेका उनलाई शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनजाति क्लष्टरबाट समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली पठाउन राजनीतिक दलहरुलाई समानुपातिकतर्फका सांसदहरुको सूची बुझाउन शनिबारसम्मको म्याद दिएको थियो ।निर्बाचन आयोगले दिएको म्यादभित्र राप्रपाले प्रतिनिधि तथा प्रदेशसभाका समानुपातिक सूची शनिबारै बुझाएको थियो।सो सूचीमा प्रदेश १ बाट थाम्सुहाङ नाम पनि समाबेश छ।

थाम्सुहाङ लगायत बहुबिबाह गरेका अन्य ब्यक्तिहरुलाई समानुपातिकको बन्दसूचीबाट हटाउन माग गर्दै शुक्रबारमात्र सर्बोच्चमा मुद्दा दर्ता भएको छ।अधिबक्ता केदार लुँइटेलले दायर गरेको सो रिट बिचाराधिन रहेकै अवस्थामा उनलाई सांसद सिफारिस गरिनु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने आवाज राप्रपामा बुलन्द बन्दै गएको छ।निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीमा आफ्ना दुइजना श्रीमतीहरु तिर्थ कुमारी र सबिता थाम्सुहाङको नाम उल्लेख छ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरको रुपमा परिभाषित गरिएको उल्लेख गरिएको सो रिटमाथिसर्वोच्च अदालतमा आइतबार सुनुवाई हुने भनिए पनि नभ्याएका कारण भोलिका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्