यी तेर्‍ह जना बन्दैछन् रास्वपाबाट समानुपातिक सांसद



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ।

पार्टीको केन्द्रीय समिति बैठकले डा.ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष),डोलप्रसाद अर्याल (खस आर्य पुरूष),असिम साह (मुस्लिम पुरुष),मनिष झा (मधेसी पुरूष),इन्दिरा राना मगर (आदिवासी महिला),सुमना श्रेष्ठ (आदिवासी महिला)अशोककुमार चौधरी (थारु पुरुष)तपेश्वर यादव (मधेशी पुरुष),डा चन्दा कार्की (खस आर्य महिला),निशा डाँगी (खस आर्य महिला), सन्तोष परियार (दलित पुरुष) कल्पना रोक्का (दलित महिला),बिनिता कठायत(पिछडिएको क्षेत्र महिला) समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।

टुंगो लगाएको नाम निर्वाचन आयोगमा बुझाइने प्रवक्ता मुकुल ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्