जबरालाई सर्बोच्च प्रवेशमा रोक लगाउन मूलगेटमा बार एसोसिएसनको धर्ना



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिर्न नदिने तयारीसहित बारका पदाधिकारीहरू धर्नामा बसेका छन् ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायत पनि धर्नामा छन् । उनीहरूले आफूहरूले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने अडान राखेका छन् ।

बार पदाधिकारीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर आफूहरूको धर्नामा रोकतोक नहोस् भनी ध्यानाकर्षणसमेत गराएका छन् ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र पठाएका थिए । यसपछि नेपाल बार एसोसिएसनले धर्ना सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्