महाभियोग निष्क्रिय,सर्बोच्च फर्कंदै प्रधानन्यायाधीश जबरा



काठमाडौं। संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराबिरुद्धको महाअभियोग निस्कृय भएको पत्र पठाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले पत्र पठाउँदै महाअभियोग निस्कृय भएको जानकारी दिएका हुन् । संसद सचिवालयको पत्र पाएसँगै जवरालाई सर्वाेच्च फर्किने बाटो खुला भएको छ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

त्यसपछि जबरामाथि लागेका विभिन्न आरोपमाथि अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले जबरालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो । सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए । महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्याउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्