दार्चुला घटना : सरकारले पठायो भारतलाई कूटनीतिक नोट



काठमाडौं । दार्चुलामा घटना घटेको दुई दिनपछि नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । दार्चुलमा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचन बनाएको विषयमा भारतलाई नेपालले मंगलबार कूटनीतिक नोट पठाएको हो ।

आइतबार भारतले दार्चुलामा अनधिकृत संरचना विस्तार विषयमा नेपाली र भारतीय नागरिकबीच झडप भएको थियो । झडप हुँदा विद्यालयमा खेलिरहेका चारजना बालकमाथि सीमा पारिबाट आएको ढुंगाले घाइते बनाएको थियो ।

घटना भएको दुई दिनपछि परराष्ट्र मन्त्रालयले उक्त घटनाबारे भारतलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ । घटनालगत्तै दार्चुला प्रशासनले नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे गृह मन्त्रालयलाई मौखिक जानकारी दिएको थियो । लिखित जानकारी भने सोमबार दिइएको थियो ।

सोमबार दार्चुला प्रशासनबाट लिखित पत्र पाएपछि गृह मन्त्रालयले दीर्घकालीन समस्या समाधानका लागि कूटनीति पत्र पठाएको हो ।

परराष्ट्रका एक अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्