प्रत्यक्षमा १० सिट जितेर पनि एकीकृत समाजवादीले पाएन राष्ट्रिय पार्टीको मान्यता



काठमाडौं।सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट चुकेको छ।

३ लाख १६ हजार ८०२ मतको ‘थ्रेस होल्ड’ कायम भएकोमा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत मात्रै पाएको हो।समानुपातिकतर्फ भएको मतगणनाको अन्तिम परिणाम अनुसार एकीकृत समाजवादीका लागि थ्रेस होल्ड पार गर्न १८ हजार ४११ मत कमि भएको हो। प्रत्यक्षमा १० सिट जितेर पनि एकीकृत समाजवादीले समानुपातिकको सीमा कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुकेको छ।

गत वर्ष नेकपा एमालेलाई विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरेका थिए। स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका दलहरुले चुनावी तालमेल गरेको भए पनि प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेन।

एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ २० ठाउँमा उम्मेदवारी दिएको थियो। समानुपातिकमा सहभागी भएका ४७ दलमध्ये ७ दलले मात्रै थ्रेस होल्ड कटाउँदा बाँकी ४० दल भने उक्त सीमा पार गर्न असफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्