चार मुक्तक



कल्याण गुरुङ(दंगाली स्रष्टा)

मुक्तक १
गरिब होस् या अनाथ मन पक्कै हुन्छ
धन नहोला सबैको निधन पक्कै हुन्छ
घमण्ड ईर्ष्या नगरि जिउन सिक्नुहोस्,
हर मानवको लागि कफन पक्कै हुन्छ ।
मुक्तक २
भएर खुशि म भएर हर्ष फर्कि आउनेछु
गरेर जिन्दगीको निष्कर्ष फर्कि आउनेछु
यसपालि यत्तिकै भयो मन नदुखाउनु है,
आमा पक्कै अर्को वर्ष फर्कि आउनेछु ।
मुक्तक ३
जति छन् नासो लिन आउनु म मरेको दिन
नभन्नु कसैलाई किन आउनु म मरेको दिन
बच्पन देखि चाहेको मान्छे तिमी हौ प्रिया,
मलाई श्रद्धाञ्जलि दिन आउनु म मरेको दिन ।
मुक्तक ४
न कसैको रहर हुन्छ न कसैको चाहा हुन्छ
देख्ने जति सबैलाई वाह हुन्छ आहा हुन्छ
परदेशिनु पीडा केहो भनि जान्ने मन भए,
गई हेर एकचोटि एअरपोर्टबाटै थाहा हुन्छ ।
तुलसीपुर १९ दाङ
(संग्राम)
हाल यु.ए.ई.

प्रतिक्रिया दिनुहोस्