स्याङ्जा-२ मा ९ बजेदेखि सुरु हुँदै मतगणना
काठमाडौँ।निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ।यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्।

विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो।निर्वाचन आयोगले भने उक्त क्षेत्रमा मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको हो।
आयोगको निर्देशनपछि जिल्लामा बसेको सर्वदलीय बैठकले बेलुकी ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।(फाइल फोटो)

