प्रतिनिधिसभा सदस्यतर्फ १ सय ६१ क्षेत्रको परिणाम सार्बजनिक
काठमाडौं।प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन् ।
कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन् । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन ।

