दोलखाका १० वटा बुथमा पुनः निर्बाचन गरिने
काठमाडौ। निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुन: मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ ।

