दुई मुक्तक



  • रोजी दाहाल

    मुक्तक-१

मुटुलाई पत्तो छ नि रात्रि अनिंधोपन
अप्रदर्शित नेत्रजल,दिउॅंसो कहांँ लुक्छ,
सरल छ भन्ने अनि खोट देखाउनेलाई
तिम्रो मेरो बोध भिन्न,विचार कहांँ जुध्छ।

मुक्तक-२

हरेक जीवन तिमिसॅंगै काट्ने आश छ प्रीय
दुःख सुख तिमिसॅंगै साट्ने आश छ प्रीय
छिनमा रिस छिनमा खुसका हाम्रा यी दिनहरु
सॅंगसॅंगै धेरै प्रेम साट्ने आश छ प्रीय ।
                                  रामपुर,ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्