थापाको निधनपछि मोरङमा लिम्बुलाई दियो कांग्रेसले टिकट



विराटनगर।मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ।

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बू लाई सो क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले का‌ंग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि समय दिएको थियो।

नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरेका छन्।​ लिम्बूले टिकट पाइसकेको बताउँदै उनले लिम्बूको मनोनयनको तयारी भइरहेको जानकारी दिए। थापाको हिजो बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्