बिहानै गयो ४:१ रेक्टर स्केलको भुकम्प,बाजुरा खप्तड छेडेदह केन्द्रबिन्दु



काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४:१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो ।बुधबार बिहान पनि पश्चिम नेपालको डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५।७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्