माप्यको दाम्कुमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभा सम्पन्न



सोलुखुम्बु।नेपाली कांग्रेस नेतृत्वको बाम लोककत्रान्तिक गठबन्धनले माप्य दुधकोशी गाउँपालिका-३ को दाम्कुमा चुनाबी जनसभा सम्पन्न गरेको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्बाचनको प्रचार प्रसारका क्रममा मंगलबार सोही गाउँपालिकाको वाकुमा चुनाबी सभाको आयोजना गरेको थियो।

दाम्कुमा आज आयोजित चुनावीसभालाई गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी,प्रदेश सभा सदस्यका उम्मेदवार शिबकुमार बस्नेत,नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारद्वय गीता गुरुङ र डोल्मा तामाङ,नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक तथा थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई,नेपाली कांग्रेस जिल्ला प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पा,पूर्ब जिल्ला सभापति बिनोदबाबु बस्नेत र भोजराज कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए।बक्ताहरुले लोकतन्त्र र संबिधानको रक्षाका लागि जिल्लामा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए।

सो चुनावी सभामा नेकपा एमालेका पूर्ब जिल्ला कमिटी सदस्य नारायणकाजी कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।गत स्थानीय तह निर्बाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गरेका कारण उनलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्