कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार तथा प्रदेशमन्त्री थापाको निधन



?काठमाडौं।मोरङ क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभाका उम्मेद्वार तथा प्रदेश १ का वनमन्त्री शेखर थापाको बुधबार निधन भएको छ।

निमोनियाको उपचार गराइरहेका मन्त्री थापाको उपचारका क्रममा बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको बताइएको छ।नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालले थापाको निधनको पुष्टि गरेको विवरण सार्वजनिक भएको छ।

१० बजेर ४० मिनेटमा थापाको निधन भएको हो। थापा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्वमा उम्मेदवार बनेका थिए।२३ असोजमा उम्मेदवारी दर्ता गरेको भोलिपल्टदेखि नै उनी अस्पताल भर्ना भएका थिए। २७ असोजमा हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए।

५८ वर्षीय थापाको श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छन्। २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालासँग उनले काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्