भूकम्प प्रभावितको उद्धार तथा राहतको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राती डोटी केन्द्र बिन्दु बनाई गएको भूकम्पका कारण प्रभावितको उद्धार, उपचार र राहतको उचित प्रबन्ध गर्न निर्देशन दिएका छन्।

‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाईतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति देउवाले श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन्।

