शिक्षकहरुमाथि भएको बिभेद सच्याउने मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुको प्रतिबद्धता



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्बाचनमा खटाइएका शिक्षकहरुमाथी भएको पदीय विभेद सच्याउने प्रतिबद्धता जनाएको छ।

कार्यालय र नेपाल शिक्षक महासंघसहित पेशागत शिक्षक घटक संगठनबीछ बिहिवार भएको बार्तामा सहायक निर्बाचन अधिकृत नगेन्द्र कालाखेतीले सो प्रतिबद्धता जनाएको महासंघ सोलुखुम्बुका सचिब कुमार राउतले जानकारी दिए।

बार्तामा मंसिर ४ गते हुने निर्बाचनमा शिक्षकहरुलाई खटाउने निर्णय गर्दा प्राविधिक त्रुटी भएको स्वीकार गर्दै नगरपालिकाभित्र खटिएका शिक्षकहरुमाथि भएको पदीय विभेद तत्काल सच्याउने र अन्य पालिकाको हकमा पनि विवरण सच्याउने प्रतिवद्दता कालाखेतीले गर्नुभएको जनाइएको छ। साथै आगामी दिनहरुमा यस्ता अभियानमा शिक्षकहरुलाई परिचालन गर्दा पेशागत घटक एबम छाता सङ्गठनसङ्गको सहकार्यमा गर्ने सहमति भएको नेपाल शिक्षक संघ नगरसमितिका अर्थ सचिब ललित कार्कीले बताए।

निर्बाचनमा शिक्षकहरु परिचालन गर्दा अन्यसेवाका कर्मचारी भन्दा कनिष्ठ बनाइएको भन्दै विभिन्न शिक्षक संगठनहरुले सोमबार त्रुटी नसच्याइए निर्बाचनमा असहयोग गर्ने चेतावनी दिएका थिए।त्यस लगत्तै कार्यालयले उनीहरूलाई बार्तामा बोलाएको थियो।बार्तामा निर्बाचन कार्यालयको तर्फबाट सहायक मतदान अधिकृत कालाखेती र शिक्षकहरुको तर्फबाट महासङ्घका जिल्ला सचिब कुमार राउत, नेपाल शिक्षक सङ्घका कार्यवाहक अध्यक्ष मदन कुमार राई ,नेपाल रास्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष गणेश कुमार कार्की, नेपाल शिक्षक सङ्घ नगर अर्थ-सचिव ललित बहादुर कार्की ,नेपाल रास्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुको सदस्य ङवाङ दोर्जी बाहिङ ,नेपाल शिक्षक सङ्घ सदस्य पेमारिन्जी शेर्पा लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्