मंगलबार रातीको भुकम्पमा ज्यान गुमाउने ६ जनाका परिवारलाई एमाले अध्यक्ष ओलीको समबेदना



काठमाडौं।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मध्यरातमा डोटीमा केन्द्रविन्दु बनाएर आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले बुधवार बिहान ट्वीटमा लेख्दै भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा ज्यान गुमाउने ६ जनामा श्रद्धाञ्जली अर्पण गरेका हुन्। मंगलवार राति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प जांदामृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन । सोहि वडाका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको थियो ।

ओलीले लेखेका छन्,’दुःखद् खबर – हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्