सोताङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभा सम्पन्न



गोकुल राई,सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले जिल्लाको समग्र बिकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् ।

गठबन्धनद्वारा जिल्लाको सोताङ गाउँपालिकामा आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले सो कुरा बताएका हुन्।जिल्लाबाट यसअघि चार पटक प्रतिनिधिसभा सदस्य र तीन पटक मन्त्रीको जिम्मेवारी समेत सम्हालेका केसीले जिल्लामा भौतिक,शैक्षिक र आर्थिक बिकासको सुरुवात आफ्ना पालामा भएको चर्चा गर्दै यसलाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले जनताको बीचमा आएको बताए।जिल्लाको बिकास र समृद्धिका लागि पनि अहिले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउंदै उनले आफुसहित प्रदेशसभा तर्फ माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक असीम राईले संबिधानको रक्षाका लागि बाध्यात्मक अवस्थामा गठबन्धन निर्माण भएको चर्चा गर्दै यही गठबन्धनले नै मुलुकको बिकास र समृद्धिको ढोका खोल्ने भएका कारण मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुलाई बिजयी गराउन आग्रह गरेका थिए।

नेपाली कांग्रेस सोताङ गाउँपालिका समितिका अध्यक्ष कृष्ण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश क का सभापति समेत रहेका नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, जिल्लाको प्रदेश निर्बाचन क्षेत्र क का उम्मेदवार गोम्बु शेर्पा कर्ज्याङ,’ख’ का शिब कुमार बस्नेत,नेपाली कांग्रेस प्रदेश समानुपातिक उम्मेदवारद्वय गीता गुरुङ र डोल्मा तामाङ,जिल्ला कार्यसमितिका पूर्बसभापति बिनोद बस्नेत र जिल्ला कार्यसमिति सदस्य गणेश बस्नेत लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

गठबन्धनले बिहिवार थुलुङ दुधकोशी गाउँपालिकामा चनाबी सभा सम्पन्न गरेको थियो।

प्रतिक्रिया दिनुहोस्