पहिचानका मुद्धालाई वेवास्ता गरे ‘नो भोट’को अभियान चलाउने यायोक्खाको चेतावनी



सोलुखुम्बु । किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंले सोलुखुम्बुका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेद्वारहरुसंग अन्तरक्रिया गरेको छ ।

यायोक्खाले प्रदेश १ को नामाकरण सम्बन्धमा उम्मेद्वारहरुको धारणा बुझ्न मंगलबार सल्लेरीमा अन्तरक्रियाको आयोजना गरेको हो ।कार्यक्रममा यायोक्खाले उम्मेदवारहरुलाई प्रदेश १ को नाम किरांत प्रदेश राख्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ।महासचिव भिमराज राईले बुझाउनुभएको सो ज्ञापन पत्रमा मंसिर ४ गते हुने निर्वाचनको क्रममा जनताको घरदैलोमा पुग्दा किराँत राई यायोक्खाको माग र मुद्धालाई अघि सार्नका लागि आग्रह गर्दै पहिचानका मुद्धालाई वेवास्ता गर्ने र किराँत सभ्यता र किरात इतिहासलाई दवाउन खोज्ने उम्मेद्वारहरुको विरुद्धमा नो भोटसम्मको अभियान सञ्चालन गर्ने चेतावनी दिइएको छ।

यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र महासचिव भिमराज राईद्वारा रा हस्ताक्षरित ज्ञापन पत्रमा मंसिर ४ को निर्वाचनमा १ नम्बर प्रदेशको नाम किरात सभ्यता, इतिहास, संस्कृति र भूगोलको पहिचानको आधारमा किरात राखिनुपर्ने प्रतिबद्धता जाहेर गर्नका लागि ध्यानाकर्षण गरिएको छ ।

नेपालको इतिहासमा लामो कालखण्डसम्म किराँतको अस्तित्व रहेको,विगतमा राजनितिक पार्टीहरुले पहिचानलाई सम्बोधन गर्ने गरि। परित गरेको दस्तावेजहरु ल्गायत पहिचान सम्बन्धि सावैजनिक गरेका घोषणापत्रहरु प्हिचान भेटिने, द्वन्द्व मेटिने, पहिचान सहितको संघियता, बहुपहिचानमा आधारित प्रदेशहरु लगायतका आफना नारा र घोषणाहरु इमान्दारिताका साथ पालना गर्न किराँत राई यायोक्खाको माग रहेको छ ।

अन्तरक्रियाका क्रममा नेकपा एमाले प्रदेश सभा ‘क’का उम्मेद्वार उत्तम कुमार बस्नेतले पहिचानको मुद्धाको विषयमा आफुले पटक पटक सदनमा बोलेको बताउनुभयो । उहाँले किरातको पहिचानको विषयमा बारम्बार सदनमा बोलेको अवगत गराउदै सोलुखुम्बुको जनताको चाहना र भावना अनुरुप नै प्रदेश १ को नामाकरण हुने बताउनुभयो ।

यस्तै गठबन्धनतर्फ प्रदेश सभा ख का उमेद्धार शिव कुमार बस्नेत राजेन्द्रले जनताको मनोविज्ञान र मनोभावनालाई मर्न नदिने गरि प्रदेशको नामाकरणमा जुट्ने बताउनुभयो । उहाँले बहुमत जनताको आवाज जे छ त्यसमा सहमत रहेको बताउदै सर्वस्वीकार्य नामाकरण हुने उल्लेख गर्नुभयो । सबै पार्टीका उम्मेद्वारहरुलाई बोलाइएको कार्यक्रममा नेकपा एमाले प्रदेश सभा क का उम्मेद्वार बस्नेत र गठबन्धनतर्फ प्रदेश सभा ख का उम्मेद्वार शिव मात्र उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्