सुमित्रा पोखरेलका चार मुक्तक



सुमित्रा पोखरेल

मुक्तक १
बा म छोरी थिएँ तिम्रो घरको
अन्माई पठायौ आर्कै थरको
मन लाग्दा पाउँदिन आउन म,
लाग्छ भएछु अब टाढा सहरको ।
मुक्तक २
अब भोक मेटाउनु थोरै  खानाले
आफ्नो जीउ ढाक्नु थोत्रो नानाले
महँगीले आकास   छोइसक्यो हेर,
तिउन बनाई खानु मूलाको चानाले ।
मुक्तक ३
पहिला झै  गाउँमा फिर्न नसकेर
पुरानो तिम्रो हिसाब तिर्न नसकेर
भगवानको ध्यान गरेर भएन केही,
पापी भयो मन भक्ति छिर्न नसकेर
मुक्तक ४
देशमा जाे आएपनी नेताको स्वभावले के नै गरे
गरीव जनता दिनहुँ महङ्गी छ लगावले के नै गरे
आज खाए भोली के खाउँ भएका जनता यहाँ,
तिम्रो तिखो मिठाे भाषणको दबावले के नै गरे ?
काठमाडौं

प्रतिक्रिया दिनुहोस्