प्रदेश १ को नामाकरणका विषयमा सोलुखुम्बुमा अन्तरक्रिया गरिंदै

सोलुखुम्बु । किरात राई यायोक्खाले सोलुखुम्बुमा १ नम्बर प्रदेशको नामाकरणको विषयमा अन्तरक्रिया गर्ने भएको छ ।

आसन्न मंसिर ४ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारको उपस्थितिमा मंगलबार सल्लेरीको समिक्षा हलमा अन्तरक्रिया आयोजना गरिएको सो संस्थाले जनाएको छ।
कार्यक्रममा किराँतकालीन गढीगौँडा, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, मातृभाषा, लिपिको संरक्षण सम्बद्र्धन साथै समसामयिक विषयमा समेत अन्तरक्रिया गरिने जिमि राई सोलुखुम्बुका अध्यक्ष डाक बहादुर राईले जानकारी दिनुभयो ।
किरात राई यायोक्खाको माग र मुद्धाको विषयमा उम्मेद्वार साथै जिल्लाका सबै पार्टीका अवधारणा प्रस्तुत हुने अपेक्षा गरिएको किरात राई पत्रकार संघ सोलुखुम्बुका अध्यक्ष गार्डेन राईले जानकारी दिनुभयो ।
प्रदेश १ को १४ वटै जिल्लामा कार्तिक १५ गते एकैदिन सो अन्तक्र्रिया कार्यक्रम गरिने यायोक्खाका महासचिव भिमराज राईले जानकारी दिनुभयो

