नेपाली कांग्रेसले सार्बजनिक गर्‍यो निर्बाचन घोषणापत्र,समुन्नति र सुशासन प्राथमिकतामा



काठमाडौं।नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनका लागि पार्टीको घोषणापत्र सार्बजनिक गरेको छ।

पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सार्बजनिक गरेको घोषणापत्रमा आगामी पाँच वर्ष समुमन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख गरेको छ। घोषणा पत्रमा समुन्नतिका लागि पाँच वर्षका ५ आयाम भनेर राखिएको छ। जुन पूरा गर्ने आधार समेत तय गरिएको बताइएको छ

घोषणा पत्रमा समुन्नतिका लागि प्राथमिकताका क्षेत्र निर्धारण गरिएको छ। ती क्षेत्रको हालको अवस्था जताएर लक्ष्य निर्धारण गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषिलगायतका प्राथमिकताका क्षेत्र निर्धारण गरी कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने समेत उल्लेख गरिएको छ।

उसले आफ्नो घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिज्ञा गरेको छ। घोषणा पत्रमा प्रतिज्ञा भनेर पाँच वर्षमा गर्ने र नगर्ने कामलाई स्पष्ट रुपमा राखिएको छ। राजनीतिक स्थिरताका लागि गरिने कार्यहरु उल्लेख छ।

गत पाँच वर्षमा स्थिरताको अपेक्षा गरिएकोमा त्यसो नभएको भन्दै आगामी पाँच वर्ष स्थिरता कायम राख्ने प्रतिज्ञा गरिएको छ। जहाँ उल्लेख छ, ‘सरकार बन्ने विकल्प रहेसम्म संसद विघटन गर्दैनौं।’

अहिलेका मुख्य समस्या पहिचान गरी समाधानका लागि गरिने कामहरु समेत उल्लेख गरिएको छ। हरेक वर्ष बल्झिने मुख्य समस्या पहिचान गरेर समाधानका उपाय समेत प्रस्तुत गरिएको छ। उदाहरणका लागि मल र बिउको समस्यालाई समाधान गर्न सकिने कानुनी र व्यवहारिक पक्ष केलाइएको छ।

प्रतिक्रिया दिनुहोस्