हटाईयो महोत्तरीको भंगाहामा लगाईएको कर्फ्यु
जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिकामा लगाइएको कफर्यू हटाइएको छ।

बिहीबार दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको कफर्यू अवस्था सामान्य भएपछि हटाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’को उपदफा ५ बमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी कफर्यू हटाइएको प्रजिअ पहाडीले बताए।बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको थियो।हिन्दु सेना सम्राटले मार्च पास निकालेकोमा भंगहा नगरपालिका-८ पररियामा दुवै समुदायबीच झडप भएको थियो।
दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएका थिए भने अवस्था तनावग्रस्त भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेकाे थियाे।

