नेमकिपाको घोषणापत्र सार्बजनिक, संघीयताको औचित्यमाथि उठायो प्रश्न



काठमाडौं। नेपाल मजदुर किसान पार्टीले आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै निर्बाचनपछि आफू बलियो प्रतिपक्षीका रूपमा प्रस्तुत हुने बताएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नारायणमान बिजुक्क्षेले सार्बजनिक गरेको चुनाव लक्षित घोषणापत्रमा संघीयताको औचित्यमाथि समेत प्रश्न उठाउएको छ। समाजवादको विकल्प नभएको ठहर्‍याउँदै वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गरेको नेमकिपाले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु आफ्नो घोषणापत्रमा समेटेको छ।

घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा नि:शुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने कुरामा जोड दिएको सो पार्टीले घोषणापत्रमाशिक्षामा बजेट बढाउनुपर्ने, ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ।

उसले भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्