काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा भीषण आगलागी
काठमाडौं । काठमाडौंको काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका जानकारी गराइएको छ ।
के कारण आगलागी भयो भन्नेबारे कुनै पनि जानकारी भने गराइएको छैन ।

