संस्कृतिविद् सत्यमोहन जोशीको सम्झनामा सल्लेरीमा शोकसभा
सोलुखुम्बु।बाङमय शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । नेवाः देय दवु जिल्ला कार्यसमिति सोलुखुम्बुको आयोजनामा सल्लेरीमा शोकसभा आयोजना गरिएको थियो ।

नेवा संस्कृतिको धरोहर, भाषा तथा साहित्यका विज्ञ, वाङमय शताब्दि पुरुष सत्यमोहन जोसीको सम्झनामा नेवाः देय दवु जिल्ला कार्यसमिति सोलुखुम्बुले स्व. सत्यमोहन जोशीको फोटोमा माल्याअर्पण गरि समवेदना प्रकट गरेको छ । स्व जोशीको आत्माको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।
नेवाः देय दवुः जिल्ला कार्यसमिति अध्यक्ष रामकाजी श्रेष्ठले संस्कृतिविद स्वर्गीय सत्यमोहन जोशीको दुखद निधनप्रति समवेदना प्रकट गर्दै उहाँको मृत्युले देशमा अतुलनीय क्षति पुगेको उल्लेख गर्नुभयो । यस्तै जिल्ला कार्यसमितिका सचिव पुष्प श्रेष्ठले भाषा तथा साहित्यका विज्ञको निधन हुँदा स्तब्ध भएको बताउनुभयो । जिल्लास्थित नेवा समुदायको उल्लेख्यनीय उपस्थितिमा शोक सभा सम्पन्न गरिएको जिल्ला कार्यसमितिका महिला सचिव मेम कुमारी राजभण्डारीले जानकारी दिनुभयो ।
संस्कृतिविद स्वर्गीय सत्यमोहन जोशीको अशोज ३० गते आईतबारका दिन उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

