बालकबिता : घामपानी



✍️ मनुहाङ किराँती ‘साेलु’

घामपानी राम्राे जीवनकाे रङ्ग भर्ने
तिमीहरु दुवै हाैँ कैले पनि नमर्ने
ऋतु तिम्राे माता हुन,शरद हिउँद दाजुभाइ
ग्रीष्म वर्षा चेली हुन माया गर दुवैलाई

घामपनी तिमीहरु दुवै हाम्राे साथी
भराेसा छ जीवनकाे सधै तिमी माथि
वनपादा पखेरी हरियाली रङ भराै
दुवै तिमी घामपनी मिली अघि बढाै

तिमीहरु दुवैकाे साथी रैछ मेघ
साथी साथी मिली उज्यालाे नि नछेक
घामपनी परिद्याै खाेली पनि तरिद्यैा
खाेला माथि माथि सयर नि गरिद्याै

वरिपरि तार्नलाई नछाेड है तर
कालाेकालाे काटी मेघ पानी झरझर
पलाउछन टुसा मुना तिमीहरु मिली
हरियाली धरती याे बनिन् हेर कलिली
छन्द:सवाई
👉️ स्राेत:सिर्जनाकाे पारखी(बालकविता)सँग्रहबाट

प्रतिक्रिया दिनुहोस्