निर्बाचन आयोगले सार्बजनिक गर्यो समानुपातिकतर्फको बन्दसूचीका उम्मेदवारको नाम

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले आइतबार विहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।
आयोगका तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा,राप्रपा लगायत ४८ वटा दलका २ हजार ४३६ जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्रदेश १ मा ३६ दलका ६६१, मधेसमा ३६ दलका ९४८, बागमतीमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ उम्मेदवार गरी ६ हजार ४९३ जना उम्मेदवारी दिएका छन्।

