कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक,उम्मेदवार छनौट गर्ने कार्यसूची



काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरी कार्य सम्पादन समितिको बैठक बोलाएका हुन् ।

आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।कार्यसम्पादन समितिमा रहेका नेताहरूको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नामअनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने कांग्रेसका नेताहरूले बताएका छन् । हिंजोका लागि बैठक बोलाइए पनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्